images
images
  • एक हजार ४०० किलो गाँजासहित एक जना पक्राउ

    सप्तरी– सप्तरीबाट करिब एक हजार ४०० किलो लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–६, कटैया गाउँका भोला सदा रहेका छन् । उनलाई गएराति आफ्नै घरबाट लागुऔषध गाँजासहित नियन्त्रणमा लिइएको हो ।

    सदाको घरमा ठूलो परिमाणमा गाँजा लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले घर खानतलासी गरेको थियो ।

    खानतलासीका क्रममा ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा करिब एक हजार ४०० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजासहित सदालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा लगिएको छ ।

    सीमावर्ती क्षेत्र भएकाले बरामद गाँजा भारततर्फ निकासी गर्न लागिएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    पेस्तोल र चार राउण्ड गोलीसहित रुपन्देहीमा एक जना पक्राउ

    प्रतिक्रिया दिनुहोस्
    images
    images