images
images
  • सुनसरीको देवानगञ्जमा दुई समूहबीच फेरि झडप, दुई जना पक्राउ

    सुनसरी– सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बिपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार साँझ करिब भएको झडपमा देवानगन्ज गाउँपालिका–१ का २४ वर्षीय निरजकुमार यादव घाइते भएका हुन् । उनको पुठ्ठामा चोट लागेको छ र घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न रहेको आरोपमा देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्ण्ॉकुमार यादव र २६ वर्षीय ‘लाली’ भनिने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images