काठमाडौं– सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरेको छ ।
आयोजनाले सार्वजनिक सूचना जारी गरी उक्त ठेक्का रद्द गरेको हो । आयोजनाले गत जेठ २५ गते उक्त ठेक्का प्रक्रियाका लागि बोलपत्र आह्वान गरेको थियो ।
अहिले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) मा रहेको व्यवस्थाअनुसार सो ठेक्का रद्द गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्





















