images
images
  • केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेद्वारा मातहतका सूचना अधिकारीसँग छलफल, दिए यस्ता निर्देशन

    काठमाडौं– नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले मातहत प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया गरेका छन् ।

    उनले हिजो मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गरेका हुन् ।

    सो अवसरमा उनले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रक्रिया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गरेका छन् ।

    डीआईजी काफ्लेले नेपाल प्रहरीमा सञ्चार मध्यमको विकासक्रम, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन, २०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिएका छन् ।

    885419995 1656836152819401 5438563746933912110 n

    सो अवसरमा उनले गृह मन्त्रालयबाट सूचना उपलब्ध गराउनेसम्बन्धी परिपत्र, नेपाल प्रहरी प्रधान कार्यालयबाट गरिएका परिपत्रहरू, सामाजिक सञ्जाल दुरूपयोग गर्ने प्रहरी कर्मचारी उपर विभागीय कारबाही संख्या, प्रहरी कर्मचारीले सामाजिक संजालहरूको व्यक्तिगत प्रयोग सम्बन्धमा समेत विस्तृत रूपमा जानकारी दिए ।

    कार्यक्रममा डीआईजी काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताए ।

    सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै सङ्गठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उनले निर्देशन दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images