images
images
  • इन्धनको मूल्य यथावत

    काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ ।

    निगम सञ्चालक समितिको शनिबार बसेको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखिने भएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भइरहे पनि आसन्न चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य नबढाइएको निगमले जनाएको छ ।

    मूल्य यथावत राख्दा निगमलाई पाक्षिक रूपमा ३ अर्ब २१ करोड ४२ लाख रुपैयाँ घाटा हुने जनाइएको छ ।

    हेर्नुहोस् पूरा विवरण–

    885185331 1159168090116388 5086006471680085134 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images