images
images
  • पहिलो त्रैमासमा २० वटै वाणिज्य बैंक नाफामा, कुनले कति–कति कमाए ?

    काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपियाँ खुद नाफा आर्जन गरेका छन् ।

    बैंकहरूले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांशको नाफा बढेको छ भने केही बैंकको नाफामा सामान्य सङ्कुचन देखिएको छ ।

    पहिलो त्रैमासमा १० वटा बैंकले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । त्यसमध्ये पनि नबिल बैंकले सर्वाधिक नाफा आर्जन गरेको छ ।

    कुन बैंकले कति कमाए नाफा ? तालिकामा हेर्नुहोस्–

    क्र.स. बैंकको नाम चालू आर्थिक वर्षको नाफा गत आर्थिक वर्षको नाफा
    १ सिटिजन्स बैंक १० करोड २७ लाख २२ करोड ४ लाख
    २ ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख १ अर्ब ८५ करोड ८६ लाख
    ३ हिमालयन बैंक ६८ करोड ४८ लाख ७० करोड २९ लाख
    ४ लक्ष्मी सनराइज बैंक ६५ करोड ३३ लाख ३३ करोड २३ लाख
    ५ नबिल बैंक २ अर्ब ५५ करोड ५१ लाख १ अर्ब ७५ करोड ६९ लाख
    ६ एनआईसी एशिया बैंक १२ करोड ७४ लाख १२ करोड २१ लाख
    ७ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक १ अर्ब १८ करोड १४ लाख ४५ करोड ५ लाख
    ८ प्राइम कमर्सियल बैंक १ अर्ब १८ करोड ७६ लाख १ अर्ब २५ करोड ८४ लाख
    ९ प्रभु बैंक ६४ करोड ७४ लाख ३६ करोड ५७ लाख
    १० नेपाल एसबिआई बैंक ५५ करोड ८५ लाख ४९ करोड ७६ लाख
    ११ स्ट्यान्डर्ड चार्टर्ड बैंक ६७ करोड १४ लाख ६९ करोड ३९ लाख
    १२ एभरेष्ट बैंक १ अर्ब २५ करोड २७ लाख १ अर्ब १७ करोड ९२ लाख
    १३ माछापुच्छ्रे बैंक ५५ करोड ११ लाख ४१ करोड ७९ लाख
    १४ नेपाल बैंक ८३ करोड २१ लाख ५८ करोड ८२ लाख
    १५ एनएमबि बैंक १ अर्ब १६ करोड ४२ लाख १ अर्ब ३० करोड ८५ लाख
    १६ राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६४ करोड ९८ लाख ५८ करोड ८७ लाख
    १७ सानिमा बैंक १ अर्ब ५ करोड १४ लाख ४५ करोड ४९ लाख
    १८ कृषि विकास बैंक १ अर्ब ९ करोड २३ लाख ५७ करोड ३८ लाख
    १९ कुमारी बैंक १ अर्ब ७ करोड ४५ लाख १ अर्ब ५ करोड ६५ लाख
    २० सिद्धार्थ बैंक ८५ करोड १५ लाख ३२ करोड ४० लाख

    प्रतिक्रिया दिनुहोस्
    images
    images