काठमाडौं– नेपाल राष्ट्र बैंकले आज सोमबार कात्तिक १६ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १५१ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ २३ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरोको खरिद दर १६९ रुपैयाँ २२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङको खरिद दर २०३ रुपैयाँ ७ पैसा र बिक्री दर २०३ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।
यसैगरी, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६१ रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा यी विनिमय दर संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने यसभन्दा फरक हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
विभिन्न देशका विनिमयदर तालिकामा हेर्नुहोस्–























