images
images
  • एभरेष्ट बैंकको नाफा ६.२२% ले बढ्यो, तीन महिनामै कमायो १ अर्ब २५ करोड

    काठमाडौं– एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ ।

    यो गत आवको सोही अवधिको तुलनामा ६.२२ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

    यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३५ प्रतिशतले घटेर २ अर्ब ३७ करोड १४ लाख ३३ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन नाफा ६.१८ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ९७ लाख ७३ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८७ करोड ८ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

    बैंकको प्रतिसेयर आम्दानी ३४.७८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४३.०१ रुपैयाँ रहेको छ । १४ अर्ब ४० करोड ७४ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४९ करोड ४६ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

    बैंकले ३ खर्ब ३६ अर्ब ६२ करोड ८० लाख ५ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब ४४ अर्ब ६१ करोड ५ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा ०.७४ प्रतिशतबाट घटेर ०.५० प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images