images
images
  • एनएमबि बैंकको नाफा २७.१०% ले बढ्यो, तीन महिनामै कमायो १ अर्ब १६ करोड

    काठमाडौं– एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ ।

    यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

    यो अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढेको छ भने प्रोभिजन गर्नुपर्ने रकम घटेको छ । जसले नाफा बढाउन सहयोग गरेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ७१ करोड ३९ लाख ६२ हजार रुपैयाँबाट घटेर ५० करोड २१ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

    यस्तै बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४८ करोड ७२ लाख ५३ हजार रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड १५ लाख ६४ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १ अर्ब ४९ करोड ८४ लाख ६३ हजारबाट बढेर १ अर्ब ८९ करोड ६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब २५ करोड ७२ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

    बैंकको वार्षिकीकरण ईपीएस २३ रुपैयाँ ८३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८६.३२ रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा ४.५८ प्रतिशतबाट बढेर ४.९२ प्रतिशत छ ।

    २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ४६ करोड ४४ लाख ५ हजार रहेको छ । यस अवधिमा बैंकले ३ खर्ब २२ अर्ब ८ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५८ अर्ब ४५ करोड ५४ लाख ६३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images