images
images
  • एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

    काठमाडौं– जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ ।

    टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।

    जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले एक जित र एक हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल हारेको छ ।

    जनकपुरले पहिलो खेल कर्णाली याक्ससँग १९ रनले हारेको थियो भने दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो ।

    त्यस्तै पोखरा एभेन्जर्सले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images