images
images
  • नोक्सानीबाट नाफामा फर्कियो सिटिजन्स बैंक, निष्क्रिय कर्जा पनि घट्यो

    काठमाडौं– सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १० करोड ७७ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँ नोक्सानीमा थियो ।

    यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५४ करोड १५ लाख १६ हजार रुपैयाँ गरेको छ । ब्याज आम्दानी १०.६५ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ३० लाख ६५ हजार रुपैयाँ रहेको छ ।

    बैंकको इम्पेरिमेन्ट चार्ज १ अर्ब ७ करोड ८५ लाख २० हजार रुपैयाँ र सञ्चालन खर्च ८६ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

    बैंकको वितरणयोग्य नाफा ४५ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असोजसम्ममा बैंकले २ खर्ब ४२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर १ खर्ब ८३ अर्ब ४९ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    बैंकको निष्क्रिय कर्जा ६.८४ प्रतिशतबाट घटेर ६.८० प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १४.१८ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images