images
images
  • रास्वपा बैठक : मिडिया हाउस र पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न सरकारलाई निर्देशन

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार र मिडिया हाउसमा भएको प्रहरी धरपकडका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

    शनिबार बसेको रास्वपा सचिवालय बैठकले समाचार कक्षमै पुगेर प्रहरीले सञ्चारकर्मीमाथि गरेको धरपकड अस्वभनीय र कानुनी प्रक्रियाबाहिर रहेको निष्कर्ष निकाल्दै घटनाको छानबिन गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

    प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको पार्टी प्रवक्ता जगदीश खरेललले जानकारी दिए । बैठकले त्यस्ता गतिविधि गर्नेमाथि हुने कारबाहीको सन्दर्भमा कुनै सम्झौता र ढिलासुस्ती नगर्न समेत रास्वपाले सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images