images
images
  • एनपीएलमा जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रोपटक पराजित

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आइतबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ ।

    जनकपुरले दिएको १४८ रनको लक्ष्य पछाएको पोखराले २० ओभरमा ९ विकेट गुमाउदै १३८ रन बनाएको थियो ।

    पोखराका लागि कप्तान कुशल भुर्तेलले ३५ रन बनाए भने विपिन आचार्यले २०, विपिन खत्रीले १७ र किरण ठगुन्नाले १५ रन बनाएका थिए ।

    त्यस्तै जनकपुरका बलर मोईन अलीले ३, कप्तान हरमित सिंह र सैफ हसनले २–२ तथा ललित राजबंशी र जिम्मी निशामले एक एक विकेट लिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका लागि तृतराज दासले सर्बाधिक ६१ रन बनाएका थिए भने अभिषेक तिवारीले अविजित २४ रन बनाएका थिए भने मोइन अलीले २१ र जिम्मी निशामले ११ रन बनाएका थिए ।

    त्यसैगरी, पोखराका बलर शकिब अल हसनले ३ विकेट र चामिका करुनारत्नेले २ विकेट लिए भने मोहमद सैफुद्दीन र मेहदी हसनले एक एक विकेट लिएका थिए ।

    यो जनकपुरको तेस्रो खेलमा दोस्रो जित हो भने पोखराले जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images