बुटवल– रुपन्देहीको बुटवलस्थित नयाँ बसपार्कबाट ३६ किलो चरेशजस्तो देखिने पदार्थसहित एक जना पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–९ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्दै आएका ५३ वर्षीय लुकबहादुर रखाल रहेका छन् ।
प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्क क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनलाई यही असोज २६ गते नयाँ बसपार्कबाट चरेशजस्तो देखिने पदार्थ ३६ किलोग्रामसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका रखाललाई असोज २७ गते रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा पाँच दिनको म्याद थप अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















