images
images
  • आजको मौसम पूर्वानुमान : केही ठाउँमा बादल लागे पनि सामान्यत: सफा रहने

    काठमाडौं– आज दिउँसो र राति मौसम सफा रहने भएको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहे पनि मौसम सफा रहने जानकारी दिएको हो ।

    महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    त्यस्तै आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images