images
images
  • करिब १३६ किलोग्राम गाँजासहित एक जना पक्राउ

    चितवन– करिब १३६ किलोग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–४ पान्द्राङ बस्ने २७ वर्षीय रञ्जित सुनार छन् ।

    उनलाई भरतपुर महानगरपालिका–२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १३६ किलो ५०० ग्रामसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रञ्जितलाई पक्राउ गरेको हो ।

    घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images