images
images
  • अमेरिकी डलरको भाउ निरन्तर ओरालो लाग्दा आज अष्ट्रेलियन डलरको भाउ बढ्यो (हेर्नुहोस् पूरा विवरण)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।

    जस अनुसार अमेरिकी डलरको भाउ आज पनि घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा थियो ।

    अमेरिकी डलरको भाउ सोमबारयता निरन्तर घटिरहेको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८ पैसा थियो ।

    आज युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ पनि घटेको छ । तर, अष्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्रा भने महँगिएका छन् ।

    तालिकामा हेर्नुहोस् पूरा विवरण–

    Screenshot 2026 10 15 050347 Screenshot 2026 10 15 050414

    प्रतिक्रिया दिनुहोस्
    images
    images