images
images
  • रास्वपा सांसद खगेन्द्र सम्बद्ध अडियो प्रकरण: हाई अलर्टमा प्रहरी

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनार जोडिएको विवादास्पद अडियो सार्वजनिक भएपछि नेपाल प्रहरी हाई अलर्टमा रहेको बुझिएको छ । उक्त घटनाबारे आन्तरिक रूप बुझिरहेको र सांसद सुनारलाई निगरानीमा राखेर हाई अलर्टमा रहेको प्रहरीको एक उच्च अधिकारीले जानकारी दिए ।

    सांसद सुनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गर्दै गालीगलौज, धाकधम्की तथा शंकास्पद आर्थिक लेनदेनको विषयमा कुराकानी गरेको भनिएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

    उक्त अडियो सार्वजनिक भएपछि यसबारे अध्ययन भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए । उनका अनुसार कानुनको दायराभित्र रहेर नेपाल प्रहरी हाई अलर्टमा रहेको छ ।

    भाइरल अडियोबारे हालसम्म कुनै पनि प्रहरी युनिटमा पीडित पक्षबाट औपचारिक उजुरी भने परिसकेको छैन । यस्ता विषयमा थप कानुनी प्रक्रिया र अनुसन्धान अघि बढाउन पीडितको जाहेरी आवश्यक पर्छ । तर उजुरी नपरे पनि प्रहरीले यसबारे सत्यतथ्य बुझ्ने काम गरिरहेको बुझिएको छ ।

    रास्वपाले पनि घटनालाई गम्भीर रूपमा लिँदै सांसद सुनारमाथि आन्तरिक छानबिन थालिसकेको छ । पार्टीका महामन्त्री विपीन आचार्यले महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषय अत्यन्त संवेदनशील भएको भन्दै रास्वपाले ‘शून्य सहनशीलता’ अपनाउने बताएका छन् ।

    घटनाको सत्यतथ्य छानबिन गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगले पनि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भनेर सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिइसकेको छ ।

    उक्त घटनामा नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतको नामसमेत पोलिइएको छ ।

    यी पनि पढ्नुस्–

    उम्लदा उम्लदै पोखिए खगेन्द्र सुनार, एसपी घिसार्नेदेखि नाङ्गो भिडियो बनाउनेसम्म

    सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपा अनुशासन आयोगलाई निर्देशन, औपचारिक कार्यक्रममा प्रतिबन्ध

    बागमतीकी पूर्वसांसदसँग ‘लिभिङ टुगेदर’ मा थिए सुनार, पक्राउ गर्न प्रहरी ‘स्ट्यान्ड बाई’

    २४ घण्टाभित्रै स्पष्टीकरण दिन सांसद खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

    विवादास्पद अडिओ एआई भएको रास्वपा सांसद खगेन्द्र सुनारको दाबी (भिडिओसहित)

    विपीनको विज्ञप्तिले उब्जाएका नौ प्रश्नः छताछुल्ल विषयको आन्तरिक छानबिन ?

    प्रतिक्रिया दिनुहोस्
    images
    images