काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले सांसद खगेन्द्र सुनारलाई विवादास्पद अडियो प्रकरणमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।
बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीसँग आपत्तिजनक लाञ्छना र धम्कीपूर्ण भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन सुरु गरेको हो ।
स्पष्टीकरण आएपछि थप कारबाही अगाडि बढाइने आयोगले जनाएको छ ।
सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















