काठमाडौं– क्यान्सर रोगको उपचारमा नयाँ सम्भावनाको खोजी भएको छ । यो खोजी क्यान्सरको विरुद्धमा परजीवीसँग सम्बन्धित तथा जुका मार्ने औषधिको प्रयोग हो । क्यान्सरको औषधिलाई जुकाको औषधिसँग मिसाउँदा यसले दिने प्रभावकारिताको बारे नयाँ खोज भएको छ ।
पहिलो पटक मुसामा यो औषधिको प्रयोग भएको थियो । यसको औषधि प्रयोग गर्दा ट्युमरको साइज बढ्न एक्लै औषधि प्रयोग गर्दा भने धेरै बढी समय लागेको थियो ।
संयुक्त अरब इमिरेट्सस्थित राक मेडिकल एन्ड स्वास्थ्य विज्ञान विश्वविद्यालयका फर्माकालोजी अनुसन्धानकर्ता शक्तमणि सत्यम भन्छन्, ‘यसले क्यान्सरको सेललाई कमजोर बनाउने तथा अन्य किसिमको आक्रमण गर्न सहयोग मिल्छ ।’
परजीवी सङ्क्रमणका लागि प्रयोग गरिने औषधि मेबेनडाजोल क्यान्सरका लागि गरिएको प्रयोगको रिपोर्ट प्लस वानमा प्रकाशित भएको हो । एकदमै छिटो बढ्ने फोक्सोको ‘इजीएफआर मल्यान्ट’ क्यान्सरका लागि प्रयोगका बारे अनुसन्धान सुरु भएको हो ।
अहिलेको यो अध्ययनको विषय के हो भने सेलहरूको सङ्गठित स्वरूपको बीचमा यो प्रवेश गरेपछि यसलाई फैलन कठिन हुन्छ । यस सेलका लागि अप्ठेरो भएको समयमा नै यसलाई आक्रमण गर्नु सबैभन्दा राम्रो उपाय मानिएको छ ।
‘हाम्रो योजना क्यान्सरलाई लगातार दुईतर्फबाट आक्रमण गर्ने हो’, सत्यमले भने, ‘यो औषधिको प्रयोगको अर्थ डीएनएलाई लगातार गुणात्मक हुँदै बढ्नबाट रोक्नु हो ।’
पहिला वैज्ञानिकहरूले प्रतिरोधात्मक क्षमता भएको मानव फोक्सोको क्यान्सरमा यसको प्रयोग गरे । पहिलो पटक अहिलेसम्म प्रयोग गरिएको जेफिटिनिबको मात्र प्रयोग गरियो । यसको प्रयोग गर्दा औषधि प्रयोग नगर्दा भन्दा प्रयोग गरेपछि ७२ घण्टामा सेल ९३ प्रतिशतमा झरेको हो ।

मेबेनडाजोलको प्रयोगले ८० प्रतिशतमा झरेको थियो । प्रयोगशालामा यी दुवै प्रयोग गरेर उपयोग गर्दा ३८ प्रतिशतमा झरेको थियो । मेबेनडाजोललाई ५ गुणा बढाएर वितरण गर्दा ३० प्रतिशतमा झरेको थियो ।
मुसामा भने ट्युमरको साइज दुई गुणा हुन लाग्ने समयको हिसाब गरिएको हो । यो अध्ययन ४० दिनमा ८ मुसामा गरिएको हो । ६.२ दिनमा कुनै उपचार नगर्दा ट्युमर दुई गुना भएको थियो । मेबेनडाजोल मात्र दिँदा ट्युमर दुई गुणा ठुलो हुन १०.३ दिन लागेको थियो भने जेफिटिनिब मात्र दिँदा १५.५ दिन लागेको थियो । दुवै मिसाउँदा २५ दिन लागेको थियो ।
त्यसो त लन्डनमा सन् २०२५ मा नयाँ अध्ययन भएको थियो । नयाँ उपचार पद्धति पनि पत्ता लगाइएको जनाइएको छ । सन् २०२५ मा भने केही परिवर्तन भयो । शल्यक्रिया भन्दा अघि नै किमो इमुनोथेरापीको चलन बसाइएको थियो ।
यसैगरी सही समयमा रोगको पहिचान गर्न लिक्विड बायोप्सीलाई पनि प्रयोग गरिन थालिएको छ । यसले रोगको सही समयमा पहिचान गर्न सहयोग गर्ने गरेको छ ।
गएको वर्ष अन्य धेरै परिवर्तन भएको मेडिकल जर्नलमा उल्लेख छ । अमेरिकाको एक अध्ययनअनुसार फोक्सोको क्यान्सरको तेस्रो स्टेजसम्म भिडियो एसिस्टेक थोरासिस सर्जरी र रोबोटिक एसिस्टेक सर्जरी हुने गरेका छन् ।
सन् २०२५ मा अन्य धेरै उपलब्धिमूलक कदम भएका छन् । यस कदमका कारण अब फोक्सोको क्यान्सर भएका बिरामीको आयु पनि अन्य व्यक्तिको झैँ हुनसक्ने आशा यस क्षेत्रमा अध्ययन गरिरहेकाहरूमा पलाउन थालेको छ ।
भ्याक्सिन विकासमा चासो
अहिले फोक्सोको क्यान्सरको भ्याक्सिनको समेत अध्ययन भएको छ । बीएनटी ११६ अहिले परीक्षणको क्रममा छ । यसको पहिलो र दोस्रो चरणको परीक्षण चलिरहेको छ । अर्को कस्टम बिल्ट भ्याक्सिनको अध्ययन भइरहेको छ ।
अहिले धेरै बिरामीको अन्य उपचार पद्धतिसँगै यसबारे पनि अध्ययन भइरहेको हो । अहिले अर्को भ्याक्सिन लङ म्याक्सको पनि परीक्षण सुरु भइसकेको छ ।
बिस्तारै फोक्सोको क्यान्सर प्राणघातक रोगबाट दीर्घ रोगमा परिणत हुँदैछ । यही विकासक्रमले केही वर्षको अन्तरालमा यो रोगलाई सहज उपचार हुने अवस्थासम्म पनि मानिस पुग्नसक्ने सम्भावना बढेको छ ।
– एजेन्सीको सहयोगमा























