images
images
  • कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, महामन्त्रीमा प्रदीप र समावेशीमा विनोदको अग्रता

    काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सानेपामा मतगणना जारी छ ।

    जसअनुसार उपसभापति खुलातर्फ डा.चन्द्रकान्त भण्डारी, महामन्त्री खुलातर्फ प्रदीप पौडेल, महिला महामन्त्रीतर्फ डा.डिला संग्रौला र समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरी अगाडि छन् ।

    १ हजार ३३० मत गणना हुँदा ५ बदर र १ हजार ३२५ सदर भएका छन् ।

    उपसभापति खुलातर्फ भण्डारीले ६७९ मत पाएका छन् ।

    मधु आचार्य ३९३, गोविन्द भट्टराई ३४५ र सुरेन्द्रराज पाण्डे ३३७ मतसहित पछ्याइरहेका छन् । यहाँ दुई जना निर्वाचित हुनेछन् ।

    समावेशी उपसभापतितर्फ चौधरी ३८२ मतसहित अगाडि छन् ।

    जीवन परियार ३३०, फरमुल्लाह मंसुर १९०, सीता गुरुङ १७० र रञ्जित कर्ण १०७ मतमा छन् ।

    एक जना निर्वाचित हुनेछन् ।

    महामन्त्री खुलातर्फ पौडेल ७८८ मतसहित अगाडि छन् ।

    अमरसिंह पुन मगर ४७८ र उदयशमशेर राणा ४५६ मतमा छन् ।

    दुई पदका लागि निर्वाचन भएको थियो ।

    महिला महामन्त्रीतर्फ डा.डिला संग्रौलाले ५८३ मत पाउँदा महालक्ष्मी उपाध्याय ५५७ र रीता खनाल १५३ मतमा छिन् ।

    एक जना निर्वाचित हुनेछिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images