images
images
  • ककरोच पार्टीका संस्थापक दीपके र युट्युबर ध्रुव राठी रिहा

    काठमाडौं– भारतको ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजित दीपके, सहसंयोजक सौरव दास र आशुतोष रांका जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

    तीनै नेतालाई शनिबार दिल्ली विमानस्थलमा विमानभित्रैबाट हिरासतमा लिइएको थियो ।

    दिल्ली क्यान्टस्थित कार्यकारी म्याजिस्ट्रेटले असल चालचलन र शान्ति कायम राख्ने सर्तमा एक वर्षका लागि बन्डमा रिहा गर्न आदेश दिएको दिल्ली प्रहरीले जनाएको छ ।

    पार्टीले आइतबार पनि दिल्लीको जन्तर–मन्तरमा प्रदर्शन गर्ने घोषणा गरेकाले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

    रिहाइपछि पार्टीको आधिकारिक सामाजिक सञ्जालमा ककरोचहरू कहिल्यै नमर्ने भन्दै पोस्ट गरिएको छ ।

    यसैबीच प्रसिद्ध युट्युबर ध्रुव राठीलाई पनि केही घण्टा हिरासतमा राखेर रिहा गरिएको गुरुग्राम प्रहरीले पुष्टि गरेको छ ।

    उनलाई अक्टोबर १० को बिहान गुरुग्रामको सेक्टर ५६ स्थित केन्द्रीय विहारबाट जन्तर–मन्तरको प्रस्तावित प्रदर्शनलाई ध्यानमा राखेर नियन्त्रणमा लिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images