images
images
  • कांग्रेस महामन्त्रीमा प्रदीप र डिलाको अग्रता

    काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको मतगणना जारी रहेको छ ।

    पछिल्लो मत परिणामअनुसार महामन्त्री पदमा प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् ।

    महामन्त्री पदमा प्रदीप पौडेलले ७८८ मतसहित अग्रता लिएका छन् ।

    उनलाई पछ्याउँदै अमरसिंह पुन मगर ४७८ मतसहित दोस्रो स्थानमा रहेका छन् भने उदय शम्शेर राणा ४५६ मतसहित तेस्रो स्थानमा छन् ।

    यस्तै, महिला महामन्त्री पदमा डा.डिला संग्रौला (पन्त)ले ५८३ मतसहित अग्रता लिएकी छन् ।

    उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले ५५७ मत प्राप्त गरेकी छन् भने रीता खनालले १५३ मत पाएकी छन् ।

    मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।

    महामन्त्री पदको मत परिणाम :

    प्रदीप पौडेल– ७८८
    अमरसिंह पुन मगर– ४७८
    उदय शम्शेर राणा– ४५६
    डा.सुनिलकुमार शर्मा– ३२५
    गुरुराज घिमिरे– १९७
    नैन सिंह महर– १४८
    शंकर तिवारी– २०
    डा.सन्तोष उपाध्याय–१८

    महिला महामन्त्री पदको मत परिणाम :

    डा.डिला संग्रौला (पन्त)– ५८३
    महालक्ष्मी उपाध्याय (डिना)– ५५७
    रीता खनाल– १५३

    प्रतिक्रिया दिनुहोस्
    images
    images