images
images
  • अमेरिकामा गोली चल्दा ५ जनाको मृत्यु

    काठमाडौं– अमेरिकाको जर्जिया राज्यस्थित डगलसमा एक घरमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ ।

    डगलस प्रहरी विभागका अनुसार अक्टोबर ९, शुक्रबार राति गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

    घटनास्थलमा गोली लागेका पाँच जना फेला परेका थिए ।

    उनीहरू सबैलाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरी विभागले शनिबार जारी गरेको वक्तव्यमा घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images