images
images
  • ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी अधिकारीको निधन

    काठमाडौं। ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी खिलानाथ अधिकारीको गए राति निधन भएको छ।

    ९४ बर्षको उमेरमा अधिकारीको काठमाडौं फैकास्थित आफ्नै निवासमा निधन भएको हो। बिशेषगरी पंञ्चातविरुद्ध कांग्रेसले संञ्चालन गरेको आन्दोलनमा सरिक भएर उनी जेल समेत परेका थिए। ओखलढुंगाका कांग्रेसका नेताहरु बलबहादुर राई, गोपाल राई लगायत उनी सहित १५ नेताहरुलाई तत्कालीन पञ्चायती शासकले पक्राउ गरि एउटै डोरीले बाँधेर ओखलढुङ्गाबाट पैदल हिडाएर भोजपुर जेल पु¥याएको थियो । उनले यही क्रममा बिभिन्न ठाँउमा जेल समेत बिताएका थिए ।

    ओखलढुङ्गाको च्याँनाममा जन्मेका उनले शिक्षा क्षेत्रमा बिशेष योगदान पु¥याएका थिए। उनले स्थापना गरेको प्रवुद्ध माविमा अहिले उच्च शिक्षा सम्मको अध्ययान हुन्छ। उनले आफ्नै नीजि खर्चमा सो विद्यालय सुरु गरेका थिए ।

    २०२९ सालमा जिल्ला पञ्चायत उपसभापति भएका अधिकारी २०४३ सालमा जिल्ला पञ्चायत सभापति निर्वाचित भएका थिए। शिक्षा स्वास्थ्य, लगायत बिभिन्न क्षेत्रमा उनले ठुलो योगदान दिएका छन् । उनको आइतबार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्यष्ठि गरिएको छ। अधिकारीलाई उनका भातिजा गोविन्द अधिकारी( टंक) ले दागबाती दिएका थिए । अधिकारीका दुई श्रीमती छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images