काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज भइरहेको मतदान प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको छ।
निर्वाचन समितिका अनुसार साँझ ५ः३० बजेसम्म ५ हजार ६३३ मत खसेको छ । नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा कुल ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी छन् ।
नेपाली कांग्रेसको नयाँ सभापति पदका लागि युवा नेता गगन थापा र श्यामकृष्ण खड्गी मैदानमा छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण र निर्बाध रूपमा अघि बढिरहेको छ। मतदाताहरूको उपस्थिति र चापलाई मध्यनजर गर्दै मतदान गर्ने अवधि साँझ ७ बजेसम्म बढाइएको छ । मतदान सम्पन्न भएपछि आजै मतगणना प्रक्रिया सुरु गर्ने तयारी भइरहेको पार्टी नेताहरुले बताएका छन् ।
मतदानको प्रदेशगत विवरण
बागमती प्रदेशः १,२२५ मत
सुदूरपश्चिम र कर्णाली प्रदेश (संयुक्त)ः ९८२ मत
कोशी प्रदेशः ९४३ मत
मधेस प्रदेशः ९०० मत
लुम्बिनी प्रदेशः ८६० मत
गण्डकी प्रदेशः ७२३ मत


विश्व खबर 


















