images
images
  • नवी पिल्लेले पाइन् यस वर्षको नोबेल शान्ति पुरस्कार

    काठमाडौं– सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लेलाई प्रदान गर्ने घोषणा गरिएको छ। युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा संलग्नलाई कानुनी दायरामा ल्याउन पुर्याएको योगदानको कदरस्वरुप पिल्लेलाई नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

    नोबेल समितिले रंगभेदविरुद्ध कानुनी लडाइँदेखि अन्तर्राष्ट्रिय अदालत र संयुक्त राष्ट्रसंघमा निर्वाह गरेको भूमिकासम्म पिल्लेको न्याय, समानता र मानव मर्यादाप्रतिको प्रतिबद्धताको उच्च मूल्यांकन गरेको छ ।

    समितिका अनुसार पिल्लेले असाधारण साहस र इमानदारीका साथ विश्वव्यापी कानुनी व्यवस्थालाई थप सुदृढ बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् ।

    दक्षिण अफ्रिकाको डरबनमा रंगभेदको समयमा भारतीय तमिल मूलको परिवारमा जन्मिएकी पिल्लेले कानुन व्यवसायीका रूपमा आफ्नो करिअर सुरु गरेकी थिइन् । उनले रंगभेद, विभेद र बहिष्करणविरुद्ध कानुनी लडाइँ लडेकी थिइन् । नेल्सन मण्डेला र रंगभेदविरुद्ध उभिएका अन्य व्यक्तिको प्रतिरक्षा गर्ने उनको प्रारम्भिक कार्यदेखि विभिन्न महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अदालतमा न्यायाधीशका रूपमा गरेको कामसम्म उनको करिअरमा न्याय र समानताको पक्षमा उभिने निरन्तरता देखिएको नोबेल समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images