काठमाडौं– अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) माथि अमेरिकाले लगाएको प्रतिबन्ध गलत भएको यस वर्षको नोबेल शान्ति पुरस्कार विजेता नावी पिल्लीले बताएकी छन् । केही दिनअघि मात्र दक्षिण अफ्रिकाकी पूर्वआईसीसी न्यायाधीश पिल्लीलाई न्यायको कार्यान्वयन र शान्ति स्थापनाका लागि गरेको योगदानको मूल्यांकन गर्दै नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको थियो ।
यो घोषणालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असहमति जनाएका थिए । आईसीसीले भने यो निर्णय एकदमै सही भएको दावी गरेको थियो ।
पिल्लीले ओस्लोमा रहेको नोबेल शान्ति केन्द्रमा भएको कार्यक्रममा बोल्दै कुनै निर्णय आफ्नो विरुद्धमा भएकै कारण न्याय क्षेत्रकै विरुद्धमा लाग्नु गलत भएको प्रतिक्रिया दिएकी छन् ।
अमेरिकी विदेशमन्त्री मार्क रुबियोले आईसीसीको नियत नै अमेरिकामाथि नियन्त्रण लगाउने देखिएका कारण यो आवश्यक रहेको आरोप लगाएका छन् ।
अमेरिकाले अहिले नै आईसीसीका १७ न्यायाधीशलाई प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । अमेरिकाले कसैलाई प्रतिबन्ध लगाउनुअघि ६ महिनाको ग्रेस समय राख्ने चलन हुन्छ । तर ट्रम्पले अमेरिकाको सार्वभौमिकतामाथि नै प्रश्न उठाउने, आँच आउने काम गर्नेलाई प्रतिबन्ध लगाउनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् ।
अमेरिका र आईसीसीबीचको तनावको सुरुवात मध्यपूर्वमा रहेको इजरायली दमनको बारे बेन्जामिन नेतान्याहुमाथि गरिएको कारबाही र केही अमेरिकी सेनामाथि आईसीसीले छानबिन र दोषी ठहर गरेकाले अमेरिकाले पनि न्यायाधीशलाई प्रतिबन्धको निर्णय गरेको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटिरेसले समेत अमेरिकाले आईसीसीमाथि गरेको यो निर्णय गलत भएको प्रतिक्रिया दिइसकेका छन् । पछिल्लो समय अमेरिकाको यो निर्णयको विरुद्धमा युरोपेली देशहरू पनि सक्रिय हुन थालेका छन् । संसारका अन्य धेरै शक्ति राष्ट्र समेत यसका विरुद्ध लागिपरेका छन् ।
क्यानडासहित बेलायत, डेनमार्क, जर्मनी, इटाली र फ्रान्सले अमेरिकाको यो कदमको विरोध गरिसकेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार आयोगको प्रमुखको भूमिका समेत निर्वाह गरी सकेकी ८५ वर्षीया पिल्लीको रुवान्डा, म्यानमार र गाजामा शान्ति स्थापना गर्नमा समेत महत्त्वपूर्ण भूमिका थियो ।
दक्षिण अफ्रिकामा रङ्गभेदविरोधी नीतिमा भूमिका खेलेकी पिल्ली नोबेल शान्ति पुरस्कार पाउने पाँचौँ दक्षिण अफ्रिकी हुन् ।
युद्ध अपराध नियन्त्रण गर्न सन् २००२ मा आईसीसीको स्थापना भएको थियो । १२५ देश आईसीसीको सदस्य रहे पनि केही शक्तिशाली देश भने यसको सदस्य छैनन् । अमेरिकासहित रुस, चीन, भारत र इजरायल आईसीसीभन्दा बाहिर छन् ।
पछिल्लो समय विभिन्न देशहरूमा अमेरिकाको प्रतिबन्ध खुलाउन केही सर्त राखेको छैन । रुबियोले अमेरिका र अमेरिकीको विरुद्धमा कसैले केही कदम उठाएमा स्थिति गम्भीर हुने चेतावनी दिएका छन् ।
आईसीसी नेदरल्यान्ड्सको हेगमा छ । नेदरल्यान्ड्स आफैं नाटोको सदस्य हो । साथै अमेरिकाको निकट सम्बन्ध भएको देश पनि हो । नेदल्यान्ड्सका विदेशमन्त्री टम ब्रेन्डसेनले अमेरिकाको यो कदमले काम गर्न अप्ठेरो भएको धारणा राखेका छन् ।
नेतान्याहुले भने आईसीसी अदालत नभएर राजनीतिक संस्था भएका कारण यसमा लगाएको प्रतिबन्धको स्वागत गरिसकेका छन् ।
अहिले संसारका धेरै जनाको सुनुवाइ चलिरहेको छ । यसरी सुनुवाइ भएकामध्ये ८१ वर्षीय रोड्रिगो डुटरेट पनि हुन् । फिलिपिन्सका पूर्वराष्ट्रपति उनीमाथि सन् २०११ र २०१९ को औषधि अपराधको विषयमा सुनुवाइ भइरहेको छ ।
पछिल्लो समय नोबेल एकेडेमी, संसारका शक्ति राष्ट्रहरू तथा अमेरिकाबीचको यो ध्रुवीकरणले केही दिनमा नै नयाँ बाटो तय गर्नेछ ।
– एजेन्सीहरूको सहयोगमा





















