काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान रोहित पौडेलको शतक मद्दतमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।
ओमानस्थित अल अमिरातमा मैदानमा आइतबार टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदा २३५ रन बनायो ।
क्यानाडाविरुद्ध रोहितले १२५ बलमा शतक बनाएका हुन् । रोहितले ८ चौका र १ छक्का प्रहार गरे । १२७ बलमा १०६ रन बनाएका रोहितलाई जागिरले आउट गराएका थिए ।
रोहितको यो एकदिवसीय क्रिकेटमा तेस्रो शतक हो । एकविदसीयमा तेस्रो शतक प्रहार गर्ने उनी एकमात्र नेपाली क्रिकेटर समेत बनेका छन् ।
यस्तै गुल्सन झाले ३४ बलमा ४८ रन बनाए । बसिर अहमदले ५७ बलमा ३० रनको योगदान दिए ।
प्रतिक्रिया दिनुहोस्





















