images
images
  • आईसीसी लिग- २ क्रिकेटः क्यानडाविरुद्ध रोहितको शतक पूरा

    काठमाडौं– ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत आज भएको खेलमा नेपाली ब्याटर रोहित पौडेलले क्यानाडाविरुद्ध शतक पूरा गरेका छन् । उनले १२५ बलमा ८ चौका र १ छक्कासहित १०० रन बनाएका हुन्।

    १० रनमा २ विकेट गुमाएको नेपाललाई रोहित र अर्जुन कुमालले सम्हालेका थिए। अर्जुन २३ रनमा आउट भएपछि बसिर अहमद पनि ३० रन बनाएर आउट भए । अहिले रोहितलाई गलशन झाले साथ दिइरहेका छन् । उनले २६ बलमा ३३ रन बनाएका छन् ।

    ४७ ओभरको समाप्तिमा नेपालले ५ विकेटको नोक्सानीमा २१० रन बनाइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images