images
images
  • एक दिवसीय विश्व वरीयतामा नेपालको एक स्थान सुधार

    काठमाडौं– आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा उक्लिएको छ । पुरुष एकदिवसीय वरीयतामा नेपाल एक स्थान उक्लिँदै १६औं स्थानमा पुगेको हो ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको विविरणअनुसार नेपालले ३३ खेलमा ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ । २४ खेलबाट नामिबियाले ६७६ अंक जोडेको छ। दुवै टोलीको समान २८ रेटिङ छ।

    नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ । सूचीमा अन्य टोली यथावत् छन् ।

    यसअघि नेपाल टी– २० विश्व वरीयतामा १३औं स्थानमा उक्लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images