images
images
  • आईसीसी लिग २ः ओमानसँगका खेल नेपालका लागि निर्णायक

    काठमाडौं– आईसीसी डिभिजन २ लिग क्रिकेटमा नेपालको शीर्ष ४ मा रहने सम्भावना गणितीय रूपमा कायम रहे पनि व्यावहारिक सम्भावना न्यून बनेको छ।

    शीर्ष ४ मा रहने ३ टोलीको भने टुङ्गो लागिसकेको छ। अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्स शीर्ष ४ मा रहने पक्का भइसकेका छन्। अर्को एक स्थानमा ओमानको सम्भावना बढी भए पनि गणितीय रूपमा नेपालको सम्भावना पनि शून्य भने भइसकेको छैन।

    चार खेल बाँकी रहेको नेपालको २४ र ८ खेल बाँकी रहेको ओमानको ३१ अङ्क छ। नेपालले ४ मध्येका २ खेल ओमानसँग नै खेल्नेछ। नेपालले सबै खेल जितेर ओमानले कुनै खेल नजिते मात्र नेपालको चौथो हुने सम्भावना रहन्छ।

    तालिकामा ३३ खेल खेलेको अमेरिकाको ४५, सबै खेल खेलेको स्कटल्यान्डको पनि ४५, ३२ खेल खेलेको नेदरल्यान्ड्सको २८ तथा २८ खेल खेलेको ओमानको ३१ अङ्क छ। ३३ खेल खेलेको नामिबियाको २९, क्यानाडाको ३२ मा २५ तथा नेपालको ३२ मा २४ अङ्क छ। पुछारमा रहेको युनाइटेड अरब इमिरेटसको १९ अङ्क छ।

    नामिबिया र अमेरिकाबीच बुधबार ८ः४५ बजे सुरु हुने खेल नेपालका लागि समेत महत्त्वपूर्ण हुनेछ । एक दिवसीय मान्यता जोगाउनका पाँचौँ र छैटौँ स्थानमा लागि लागि प्रतिस्पर्धा भएका कारण यो खेल नेपालका लागि समेत त्यत्तिकै महत्त्वपूर्ण ठहरिनेछ ।

    नेपालले भने ११ अक्टोबरमा क्यानाडासँग पहिलो खेल खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images