images
images
  • श्रेयसको शतककाे सहयाेगमा वेस्ट इन्डिजमाथि भारतको जित

    काठमाडाैं – भारतले वेस्ट इन्डिजसँगको पहिलो टी २० खेलमा ८ विकेटको सफलता पाएको छ । मङ्गलवार लखनउ क्रिकेट मैदानमा भएको दिवा रात्रि खेलमा वेस्ट इन्डिजले दिएको १७२ रनको लक्ष्य भारतले १४ ओभर ४ बलमा २ विकेटको क्षतिमा पुरा गरेको हो ।

    भारतका लागि कप्तान श्रेयस ऐयरले सानदार पारी खेल्दै ४३ बलमा अविजित १०२ रन जाेडे । उनको पारीमा १० चौका र ६ छक्का समावेश थियो । इशान किसनले उनलाई राम्रो साथ दिँदै २७ बलमा ३७ रनकाे याेगदान दिए ।

    विस्फोटक सुरुवात गरेका अभिषेक शर्माले १० बलमा २१ रनमा समेटिए । उनलाई रोस्टन चेजले आउट गरे । ९ बलमा ११ रन जोडेका सञ्जु सामसन अकेल हुसेनको बलमा आउट भए ।

    यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० औ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै १७१ रनको योगफल तयार गरेको हो । भ्रमणकारी टोली वेस्ट इन्डिजका लागि कप्तान साइ होपले ३७ बलमा ५२ रनको योगदान गरे । उनलाई नमन धीरले आउट गरे । यसै गरी स्टेफन रुदरफोर्डले ३४ बलमा ५६ रन जोडे । उनलाई कुलदिप यादवले आउट गरे ।

    ४ ओभर बलिङ गरेका धीरले ३१ रन खर्चिँदै ३ विकेट लिए । यादवले ४ ओभरमा नै ३३ रन खर्चेर २ तथा अक्षर पटेलले ३ ओभर १ बलि बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images