images
images
  • रुसी सेनामा कार्यरत नेपालीले पहिलो पटक पाए राष्ट्रपति पुटिनबाट ‘राज्य पदक’

    काठमाडौं। रुसी सेनामा कार्यरत नेपाली युवा मिलन खत्रीले राष्ट्रपति भ्लादिमिर पुटिनबाट राज्य पदक पाएका छन् । रुसी सेनाले आयोजना गरेको एक समारोहमा राष्ट्रपति पुटिनले उनलाई सो पदकले सम्मान गरेका हुन् ।

    आफू सहभागी युद्धमा विजयी हासिल गरेको योगदानको मूल्यांकनसहित रुसी सरकारले आफूसहित सात जनालाई उक्त सम्मान प्रदान गरेको खत्रीले जानकारी दिएका छन् । सम्मानित सात जनामा आफूमात्रै नेपाली परेको उनले बताएका छन् ।

    भोजपुरको रामप्रसाद राई गाउँपालिकास्थित मानेभञ्ज्याङ स्थायी घर भएका खत्री सन् २०२२ देखि रुसी सेनामा कार्यरत छन् । उनी रुस–युक्रेन लडाइँको मोर्चामा खटिएका छन् ।

    यद्यपि नेपाल सरकारले रुसी सेनामा नेपालीलाई भर्ना हुने तथा त्यहाँ गई कार्य गर्ने कानुनी मान्यता दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images