images
images
  • हरमनप्रित कौर: जसका कारण फेरियो भारतीय महिला क्रिकेटको लय

    काठमाडौं– पछिल्लो दशक विश्व क्रिकेटमा भारतको दबदबा नै रह्यो । प्रायः आईसीसी प्रतियोगिताको उपाधि नजिक पुग्नु भारतीय विशेषता बनेको छ । धेरै भारतीय क्रिकेट स्टारको चर्चा समय–समयमा हुने नै गरेको छ । अहिलेको चर्चा भारतीय क्रिकेट स्टार हरमनप्रित कौरको । जसको नेतृत्वमा भारतलाई जित्ने बानी नै लागेको छ । भारतलाई यो बानी लागेको धेरै वर्ष भएको छैन, एक वर्ष मात्र हो ।

    कौरको कप्तानी जीवनको सुरुका दिन भने सुखद रहेन । धेरैजसो प्रतियोगिताको उपाधि नजिक पुगेर पनि चुक्नु उनी नेतृत्वको भारतीय टोलीको विशेषता नै बनेको थियो ।

    सन् २०१७ को विश्वकप क्रिकेट फाइनल भारतका लागि दुःखद बनेको थियो । इङल्यान्डसँगको फाइनल खेलमा मिथाली राज चिप्लिएर रनआउट भएकी थिइन् । यसको असर पछिसम्म परेको थियो । २२९ रनको लक्ष्य पछ्याएको भारत पूरा ओभर खेल्न सकेन । १० बल बाँकी रहँदा भारतले २१९ रनमा पूरा विकेट गुमाएको थियो ।

    कौर नेतृत्वमा आएपछि भारतले सन् २०२० को टी- २० विश्वकपमा फाइनलको यात्रा तय गरेको थियो । सोही फाइनलमा पराजित भारतले सन् २०२३ को कमनवेल्थ खेलमा पनि रजत पदक जितेको थियो । सन् २०२३ मा भारत फेरि टी- २० विश्वकपको सेमिफाइनलमा पराजित भएको थियो ।

    सन् २०२५ को नोभेम्बरदेखि भने भारतको कथा फरक ढङ्गले लेखिन थालेको छ । त्यस वर्ष भएको विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियालाई हराएको भारतले फाइनलमा दक्षिण अफ्रिकालाई हरायो । घरेलु दर्शकको अघि भारतलाई यस प्रतिष्ठित उपाधि दिलाएको एक वर्ष पनि नहुँदै उनले नेतृत्व छाडेकी छन् ।

    ३७ वर्षीया स्टार कौरले अन्तर्राष्ट्रिय खेललाई भने निरन्तरता दिने बताएकी छन् । लामो छलफलपछि भारतीय क्रिकेटको भविष्यलाई हेरेर यो निर्णय गरिएको उनले बताएकी छन् । कौर, स्मृति मन्थना, प्रशिक्षक अमुल मौजुमदार र भारतीय क्रिकेट बोर्डको मानार्थ सचिव देवजित साइकियासँगको सल्लाहपछि उनले यो निर्णय गरेकी हुन् । चार वर्षदेखि उपकप्तान रहेकी मन्थानाले उनलाई प्रतिस्थापन गर्नेछिन् ।

    कौरको नेतृत्वमा भारतले ५ टेस्ट, ५१ एक दिवसीय तथा १५५ टी- २० खेलेको छ । पन्जाबमा जन्मिएकी शीर्ष क्रमकी ब्याट्सउम्यान उनले पछिल्लो सफलताको रूपमा जापानमा भएको एसियाली खेलकुदमा स्वर्ण पदक दिलाएकी थिइन् । उनकै नेतृत्वमा भारतले एसिया कपको उपाधि समेत जितेको छ ।

    घरेलु भूमिमा भएको टी- २० विश्वकपमा पहिलो चरणमा बाहिरिएपछि सन् २०१६ मा विस्फोटक ब्याटर उनले टोलीको नेतृत्व लिएकी थिइन् । त्यसलगत्तै भएको टी- २० शृङ्खलामा भारतले अस्ट्रेलियालाई हराएपछि अस्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बोसमा उनको बाटो खुलेको हो ।

    उनको पहिलो चर्चा सन् २०१७ को विश्वकपमा अस्ट्रेलियासँगको सेमिफाइनल हो । उनको १७१ रनको अविजित पारीका कारण भारत फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा अर्ध शतक पूरा गरेलगत्तै डिपमा क्याच आउट भएका कारण उनको धेरै आलोचना पनि भएको थियो ।

    महिलाको शरीरमा थोरै बल हुने र सीमा पार गराउन कठिन हुने भन्दै ठुलो सर्ट खेलेकोमा उनको आलोचना भएको थियो । आलोचनाले पनि कौरमा नयाँ प्रेरणा दिएको थियो । उनले यति धेरै अभ्यास गरिन् कि यसपछि उनकै प्रेरणाले भारतीय क्रिकेटका धेरै महिला ब्याटर विस्फोटक देखिन थाले ।

    सन् २०२० को टी- २० विश्वकपमा भारत फाइनलमा प्रवेश गरेको थियो । सो समयमा १६ वर्षीया हिटर अलराउन्डर सिफाली वर्मा तथा लेग स्पिनर पुनम यादवको भूमिका बढी थियो । मेलबर्न क्रिकेट ८० हजारभन्दा बढी दर्शकका सामु खेलिएको खेलमा फेरि अस्ट्रेलियाले भारतलाई हरायो । कौरले भने फेरि आफ्नो र टोलीको कमजोरी हटाउन आफूलाई केन्द्रित गरिन् ।

    बीचका धेरै वर्ष ठुला प्रतियोगिताको उपाधि नजिते पनि कौरको नेतृत्वमा रहेका भारतीय टोलीमा भिन्न आकर्षण देखिन थालेको थियो ।

    सन् २०१८ मा पहिलो पटक उनको नेतृत्वमा भारतले टी- २० विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको थियो । उनले न्युजिल्यान्डसँगको खेलमा ५१ बलमा १०३ रन प्रहार गरेकी थिइन् । योसँगै उनी टी- २० अन्तर्राष्ट्रियमा शतक प्रहर गर्ने पहिलो भारतीय ब्याट्सउम्यान पनि भइन् । युवा खेलाडीलाई राम्रोसँग परिचालन गर्ने उनको खुबीको सर्वत्र तारिफ हुन थालेको थियो ।

    सन् २०२२ मा भने मिथाली राजले सन्न्यासको घोषणा गरेपछि उनी सबैखाले क्रिकेटमा कप्तान चयन भइन् । त्यसपछि फिटनेसमा ध्यान दिएको भारतीय टोलीको फिल्डिङ बेजोड मानिन थालिएको हो ।

    इङल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकालाई शृङ्खलामा हराएको भारतले सन् २०२५ मा विश्वकप क्रिकेटको उपाधि जितेको हो । अस्ट्रेलियासँगको फाइनलमा उनले ८९ रन प्रहार गरेकी थिइन् । १६ वर्षको उमेरमा कौरको कारण महत्त्व पाएकी वर्मा यो निर्णय उपयुक्त समयमा भएको बताउँछिन् । ३० वर्षीया मन्थाना निर्विकल्प रूपमा कप्तानको रूपमा रहेकी छन् ।

    बायाँ हाते ब्याट्सउम्यान उनी ३० महिनादेखि बेजोड फर्ममा छिन् । केही समयअघि मात्र उनले सबैभन्दा धेरै एक दिवसीय रन बनाउने कीर्तिमान कायम गरेकी हुन् । सन् २०२७ को सुरुमै हुने महिला च्याम्पियनशिप ट्रफी मन्थनाको पहिलो महत्त्वपूर्ण परीक्षण हुनेछ ।

    त्यसो त मन्थानाले खेल जीवनमा यसअघि पनि महत्त्वपूर्ण उपलब्धि पाइसकेकी छन् । रोयल च्यालेन्जर बंगलोर धेरै खेलाडी जम्मा गर्नुका बाबजुद आईपीएलमा सफल मानिँदैन । मन्थानाको नेतृत्वमा भने बंगलोरले दुई पटक आईपीएलको उपाधि जितेको छ ।

    सायद मन्थना र कौरको प्रतिस्पर्धीको रूपमा पनि भेट हुनेछ । उमन आईपीएलमा कौरको नेतृत्वमा मुम्बई इन्डियन्सले दुई पटक उपाधि जितेको छ । पछिल्लो चार संस्करण आईपीएलको उपाधि जित्ने कप्तान कौर र मन्थना नै हुन् ।

    सचिन तेन्दुलकरदेखि रोहित शर्मासम्मका थुप्रै स्टारको नाम भारतीय क्रिकेटमा चर्चामा छ । परन्तु कौरको नेतृत्वमा उठेको भारतको आत्मविश्वास इतिहासको एउटा स्वर्णिम कालखण्डको रूपमा रहनेछ । मन्थानाका लागि यसलाई जोखाइराख्नु कम चुनौतीपूर्ण पक्कै होइन ।

    – अल जजिरा, क्रिक इन्फो र हिन्दूलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images