काठमाडाैं – आईसीसी लिग- २ अन्तर्गत शुक्रबार महत्त्वपूर्ण दुई खेल हुँदैछन् । बिहानको समयमा ओमान र क्यानडाकाे खेल हुनेछ । बेलुका नामिबिया र यूएईबीचकाे खेल हुनेछ ।
बिहान हुने खेलमा ओमानले जित हात पारेमा नेपालको शीर्ष ४ मा रहने सम्भावनाको अन्त्य हुनेछ । यदि क्यानडाले जित हात पारेमा क्यानडा, नेपाल र नामिबियाकाे हरेक सम्भावना कायम रहनेछ ।
२८ खेलमा ओमानको ३१ अङ्क छ भने ३४ खेलमा नामिबियाको २९ तथा ३२ खेलमा क्यानडाको २५ अङ्क छ । नेपालको ३२ खेलमा २४ अङ्क छ । शीर्ष ४ तथा शीर्ष ६ मा रहने होडमा यी चार टोली नै छन् ।
संयुक्त अरब इमिरेट्सको भने ३० खेलमा १९ अङ्क छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















