काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापति (खुल्ला) तर्फ डा.चन्द्रकान्त भण्डारी र ई.मधु आचार्य अगाडि छन् ।
उपसभापति (खुल्ला) तर्फ डा.भण्डारीले सर्वाधिक १ हजार ५७ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याउँदै ई.मधु आचार्यले ७१२ मत पाएकी छन् ।
यसैगरी सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्राडा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपसभापति (समावेशी) तर्फ विनोद कुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन् ।
जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत पाएका छन् ।
महामन्त्री (खुल्ला) तर्फ प्रदीप पौडेलले १ हजार ३८१ मतसहित स्पष्ट बढत कायम राखेका छन् ।
उदय शम्शेर राणाले ७८६, अमरसिंह पुनले ६९५, डा.सुनिल कुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा.सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन् ।
महामन्त्री (महिला)तर्फ डा.डिला संग्रौला (पन्त)ले ९६५ मतसहित अग्रता लिएकी छन् ।
उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत पाएकी छन् ।
रिता खनालले २५१ मत प्राप्त गरेकी छन् ।
महाधिवेशनमा कूल ७ हजार ४३ मत खसेको छ ।
मतगणना जारी रहेकाले औपचारिक परिणाम केही समयपछि घोषणा हुने निर्वाचन समितिले जनाएको छ ।
हालसम्म २ हजार २ सय ३१ मत गणना भएको छ ।


विश्व खबर 



















