काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले विवादास्पद अडिओ एआई प्रविधिबाट बनाइएको दाबी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै उनले आफूमाथि लगाइएका आरोप झुटा भएको बताएका छन् ।
प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको दाबी छ ।
उनले आरोपबारे सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।
एक महिलालाई फोनमा अपशब्द प्रयोग गरी धम्की दिएको आरोपसहित अडिओ सार्वजनिक भएपछि रास्वपाले केन्द्रीय अनुशासन समितिलाई छानबिन गर्न निर्देशन दिएको छ ।
पार्टीले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















