काठमाडौं– नेपाली कांग्रेस १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ ।
खुल्लातर्फ रामहरि खतिवडाले सर्वाधिक २ हजार ७८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै अजय सिवाकोटी २ हजार ७२ मतसहित दोस्रो स्थानमा छन् ।
त्यसैगरी डिल्लीराम सुवेदीले १ हजार ७५९, देवेन्द्रराज कँडेलले १ हजार २९९, राजीव ढुंगानाले १ हजार १८२ र विकास कोइरालाले १ हजार ८८ मत प्राप्त गरेका छन् ।
अमृतकुमार अर्यालले ९७९, रमेशप्रसाद धमलाले ७८१ र विमलराज क्षेत्रीले २७५ मत पाएका छन् ।
सहमहामन्त्री खुलातर्फ दुई पदका लागि प्रतिस्पर्धा भएको छ ।
यद्यपि खतिवडाको जित निश्चितजस्तै छ ।
प्रतिक्रिया दिनुहोस्






















