काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको १ करोड ४ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको सर्वसाधारणलाई वितरण गरिएको २० लाख ८० हजार कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको ८३ लाख २० हजार कित्ता सेयर गरी कुल १ करोड ४ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको सेयर पहिलो कारोबारका लागि प्रतिकित्ता ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ ।
कम्पनीको सेयर बुधबार स्पेसल प्रि–ओपन सेसनमा कारोबार भएपछि नियमित बजारमा कारोबार हुने जनाइएको छ। कम्पनीको सेयर नेप्सेमा ‘द्यभ्ल्ज्’ टिकर संकेतमा कारोबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्






















