काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.१२ अंकले बढेको छ ।
अघिल्लो कारोबार दिन सोमबार ४ अंक बढेर २ हजार ५९५.८१ विन्दुमा बन्द भएको नेप्से मंगलबार प्रि–ओपन सेसनमा २.१२ अंक बढेर २ हजार ५९७.९३ विन्दुमा पुगेको हो । यस सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.५० अंकले बढेको छ ।
मंगलबारको प्रि–ओपन सेसनमा ६६ वटा कम्पनीका शेयर १२९ पटक कारोबार भएका छन् । उक्त कारोबारमा ५९ हजार २११ कित्ता शेयर ५७ लाख ९१ हजार १९१ रुपैयाँ ४० पैसामा खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्





















