images
images
  • नेप्सेमा दोहोरो अंकको गिरावट, २०७ कम्पनीको सेयर मूल्य घट्यो

    काठमाडौं – साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । शुक्रबार बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि नेप्से ११ दशमलव ९० अंकले घटेर २ हजार ५८७ दशमलव २५ विन्दुमा झरेको हो ।

    बजारमा बिक्री चाप बढ्दा शुक्रबार २०७ कम्पनीको सेयर मूल्य घटेको छ । ६१ कम्पनीको सेयर मूल्य बढ्दा ११ कम्पनीको मूल्य भने स्थिर रह्यो । कुल ३५६ वटा धितोपत्र कारोबारमा आएका थिए ।

    शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभर १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४३ हजार ६८५ पटकको कारोबारमार्फत किनबेच भएका छन् ।

    कारोबारमा आएका अधिकांश उपसमूहतर्फ पनि दबाब देखिएको छ । उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा ठूलो गिरावट आएको छ । जीवन बीमा, विकास बैंक र जलविद्युत् समूहका सूचकमा समेत उल्लेख्य गिरावट देखिएको छ ।

    शुक्रबारको बजारमा एनएमबी बैंक र सिद्धार्थ बैंकका लगानीकर्ताले तुलनात्मक रूपमा बढी कमाएका छन् । यता सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा ठूलो गिरावट बेहोरेका छन्। उक्त कम्पनीको सेयर मूल्य ८ दशमलव ५५ प्रतिशतले घटेको छ ।

    साताको अन्तिम कारोबारमा अधिकांश कम्पनीको मूल्य घटेपछि कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा माथि रहे पनि समग्र बजार परिसूचक भने दबाबमा परेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images