images
images
  • प्रि–ओपन सेसनमा नेप्से १.३४ अंकले घट्यो

    काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ ।

    प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.३४ अंकले घटेर २ हजार ५९७.५५ विन्दुमा झरेको हो  । अघिल्लो कारोबार दिन बुधबार नेप्से ४.८२ अंकले घटेर २ हजार ५९८.८९ विन्दुमा बन्द भएको थियो ।

    यस दिन प्रि–ओपन सेसनमा संवेदनशील परिसूचक पनि ०.०४ अंकले घटेको छ ।

    बिहीबारको प्रि–ओपन सेसनमा ५२ वटा कम्पनीका शेयर कारोबार भएका छन् । यस क्रममा १७१ पटकको कारोबारबाट ५५ हजार ५७३ कित्ता शेयर ५ करोड १६ लाख ३४ हजार ५९ रुपैयाँ ९० पैसामा खरिदबिक्री भएको छ ।

    कारोबारमा आएका ५२ कम्पनीमध्ये १६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    प्रि–ओपन सेसनमा देखिएको सामान्य गिरावटसँगै बिहीबारको नियमित कारोबार सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images