काठमाडौं – बुधबारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.५२ अंक घटेको छ । परिसूचक घटेसँगै नेप्से २६०० विन्दुभन्दा तल झरेर २५९८.१९ विन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से ९.६२ अंक घटेर २६०३.७१ विन्दुमा बन्द भएको थियो । बुधबारको प्रि–ओपनमै थप गिरावट देखिएको हो ।
यस सेसनमा सेन्सेटिभ इन्डेक्स पनि २.०४ अंक घटेको छ ।
बुधबारको प्रि(ओपन सेसनमा ५४ वटा स्टकको ९५ पटक कारोबार भएको छ । यस क्रममा ४ हजार २४१ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २१ लाख ८५ हजार २६७ रुपैयाँ ५० पैसा पुगेको छ ।
कारोबार भएका स्टकमध्ये १२ वटाको शेयरमूल्य बढेको, ३५ वटाको घटेको र ७ वटाको मूल्य स्थिर रहेको छ ।
प्रि–ओपन सेसनमा देखिएको गिरावटसँगै बुधबारको नियमित कारोबार सुरु हुनुअघि नै नेप्से २६०० विन्दुभन्दा तल पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















