images
images
  • महाकालीले मुख्य खम्बा बगाएपछि एसियाकै दोस्रो लामो झोलुङ्गे पुल चुडियो

    कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुडिएको छ ।

    बुधबार बिहान पुलको बीचको एक पोल महाकाली नदीले बगाएपछि पुल चुडिएको हो ।

    महाकाली नदीमाथि निर्माण गरिएको यो पुल दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महत्वपूर्ण संरचना रहेको थियो । नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ ।

    पुलको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ । महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी क्षेत्रलाई जोड्ने यो पुलले भारत–नेपाल सीमासँग जोडिएको नेपाली भूभागमा आवतजावत सहज बनाउँदै आएको थियो ।

    यो पुल भीमदत्त नगरपालिकाबाट करिब १२ किलोमिटर दक्षिणपश्चिममा, महाकाली बाँधभन्दा करिब ८ किलोमिटर तल तथा भारतीय सीमाबाट करिब ५.५ किलोमिटर दक्षिणतर्फ रहेको छ । दोधारा–चाँदनी झोलुङ्गे पुलमा २०६२ सालदेखि आवतजावत सुरू भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images