काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.१८ अंकले घटेको छ ।
सोमबार १६।४७ अंकले घटेर २६१३.३३ विन्दुमा बन्द भएको नेप्से मंगलबार प्रि–ओपन सेसनमा ३.१८ अंक घटेर २६१०.१५ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०।२२ अंकले बढेको छ ।
प्रि–ओपन सेसनमा ८३ वटा कम्पनीको शेयर कारोबार भएको छ । १३८ पटक भएको कारोबारमा पाँच हजार ४२४ कित्ता शेयर खरिदबिक्री भएको हो ।
उक्त कारोबारबाट २५ लाख ९४ हजार ७२५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
प्रि–ओपन सेसनमा ३५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ११ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















