images
images
  • साताको अन्तिम कारोबार दिन नेप्से ११ अंकले बढ्यो, कारोबार रकम घट्यो

    काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ११ दशमलव ७७ अंकले बढेर २६२९ दशमलव ८१ विन्दुमा पुगेको छ ।

    यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ५५ अंक, फ्लोट इन्डेक्स शून्य दशमलव ७९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५५ अंकले बढेको छ ।

    नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। बिहीबार २७८ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँबराबरमा कारोबार भएका छन् । अघिल्लो कारोबार दिन बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

    नेपाल ल्युब आयलको सेयरमा उच्च वृद्धि

    बिहीबार नेपाल ल्युब आयलको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य १२ दशमलव ४७ प्रतिशतले वृद्धि भएको हो ।

    त्यस्तै सोनापुर मिनरल्स, कुमारी सबल योजना र घोराही सिमेन्टको सेयर मूल्य पनि ७ प्रतिशतभन्दा बढीले बढेको छ ।

    यस दिन मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ। कम्पनीको सेयर मूल्य ११ दशमलव ५८ प्रतिशतले घटेको हो ।

    शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    त्यस्तै हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    १२ उपसमूहको सूचक बढ्यो

    बिहीबार १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने निर्जीवन बिमा उपसमूहको सूचक घटेको छ ।

    उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक १ दशमलव ८३ प्रतिशतले बढेको छ । जीवन बिमा, बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, लघुवित्त, अन्य र व्यापारलगायत उपसमूहका सूचक पनि बढेर बन्द भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images