images
images
  • एमाले केन्द्रीय कमिटी बैठक : यी हुन् ओली हटाउने र पार्टी पुनर्गठनको पक्षमा उभिएका नेताहरू

    ललितपुर– ललितपुरमा जारी नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा थप नेताहरू पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् ।

    कार्यदलको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने माग गर्दै अग्नि खरेल, आनन्द पोखरेल, कर्ण थापा, किरण गुरुङ, अफिलाल अखेडा, उर्मिला सुनुवार, एकलाल श्रेष्ठ, आरसी लामिछानेलगायतका केन्द्रीय सदस्यहरूले नेतृत्वको कार्यशैली परिवर्तनको पक्षमा मत राखेका छन् ।

    उनीहरूले पार्टी आचरण र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने, ओलीको व्यक्तिवादी निर्णयले पार्टी कमजोर भएको टिप्पणी गर्दै विधान महाधिवेशनमै कमजोरी भएको बताएका छन् ।

    पुनर्गठन नगरे एमाले बलियो नहुने उनीहरूको मत छ ।

    अध्यक्ष ओलीको प्रस्तुति र पेल्ने नीतिको उनीहरूले विरोध गरेका छन् ।

    महासचिव शंकर पोखरेललाई बैठक चलाउन नदिएको, बोल्न खोज्नेलाई समय नदिएको र एकल निर्णय लादेको विषयमा ओलीको आलोचना भएको छ ।

    हालसम्म ४० केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images