images
images
  • गगनले गरे कांग्रेस एकताको च्याप्टर क्लोज, देउवा–शेखर–पूर्णबहादुरलाई बाइपास गरेर महाधिवेशन गर्न ताकेता

    काठमाडौं– नेपाली कांग्रेसले वडा अधिवेशन सुरु गरेसँगै संस्थापन इतर समूहसँगको एकताको सम्भावना कमजोर बनेको छ ।

    संस्थापन पक्षले शनिबारदेखि देशभर वडा अधिवेशन सुरु गर्दै १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएको हो

    पूर्वसभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले भने संस्थापनको वडा अधिवेशनमा सहभागिता जनाएनन् ।

    शेखर समूहले एकताको महाधिवेशनको माग गर्दै आएको थियो ।

    संस्थापनले ७ असोजमा गाउँ–नगर, १० असोजमा प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ ।

    देउवा समूहले भने २१–२३ मंसिरमा छुट्टै महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

    समूहका नेता गुरु बरालले आफूहरूले गर्ने महाधिवेशन नै आधिकारिक हुने दाबी गरेका छन् ।

    शेखर समूहले भने दुवै पक्षका अधिवेशनमा सहभागी नहुने निर्णय गरेको छ ।

    नेता सञ्जय गौतमले एकताको सम्भावना न्यून भए पनि छुट्टै महाधिवेशन वा पार्टी गठन गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।

    संस्थापन पक्षले भने महाधिवेशन प्रक्रियामा छुटेकालाई अन्य माध्यमबाट समेट्न सकिने जनाएको छ ।

    उपसभापति पुष्पा भुसालले पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि निमन्त्रणा दिइएको र त्यसले अझै एकताको सम्भावना खुला राखेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images