images
images
  • नेप्सेमा सामान्य सुधार, ७ अंकले बढ्यो परिसूचक

    काठमाडौं – साताको अन्तिम कारोबार दिन मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ ।

    कारोबारमा १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

    मंगलबार कुल ७ अर्ब ५ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १४.९९ प्रतिशत कमाएका छन् । त्यस्तै, स्नो रिभर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ८.२३ प्रतिशत गुमाएका छन् ।

    समूहगत कारोबारमा अन्य समूह १।३६ प्रतिशतले बढेको छ । बाँकी समूहमा एक प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ ।

    कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ। त्यसपछि हिमालयन डिस्टिलरी र घलेम्दी हाइड्रोपावर रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images